काठमाडौं । महानगरीय अपराध महाशाखाको टोलीले युरेनियमजस्तो टल्किने ढुंगासहित तीन जनालाई पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको बालाजुस्थित एक होटलबाट युरेनियमजस्तो टल्किने ढुंगाअवैध कारोबार गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेकाे हाे ।
पक्राउ पर्नेका नुवाकोटका ३१ वर्षका प्रदीप घिमिरे, ३१ वर्षीय राजेन्द्र परियार र काठमाडौं तारकेश्वर नगरपालिका- फुटुङका ३६ वर्षका रञ्जित कार्की रहेका छन् ।
उनीहरूले युरेनियम भनी टल्किने ढुंगा बिक्री गर्न लागेको बेला प्रहरीले १२ सय ग्राम टल्किने ढुंगा बरामद गरेको छ ।
प्रहरीका अनुसार उनीहरुले सो ढुंगा प्रतिकिलो २ करोड रुपैयाँको दरमा बिक्री गर्न लागेका थिए ।