काठमाडौं । सिभिल वचत तथा ऋण सहकारी संस्थाका वचतकर्ताले आफ्नो वचत फिर्ताको माग गर्दै कााठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् ।
आफूहरुले सहकारीमा वचन गर्न राखेको रकम पनि फिर्ता नपाएको भन्दै बिहीबार वचतकर्ताले प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका क्रममा वचतकर्ताहरुले सहकारीले ठग्न पाइँदैन, हाम्रो वचत फिर्ता गर, हाम्रो पैसा फिर्ता देऊ, दुख पायो साराले इच्छाराजको पाराले जस्ता नारा लेखेको प्लेकार्ड बोकेका थिए ।
सिभिल वचत तथा ऋण सहकारीमा वचतकर्ताको रकम फिर्ता नगरेर ठगी गरेको उजुरी परेपछि सहकारीका सञ्चालक इच्छाराज तामाङ पक्राउ परेका छन् ।