Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस प्रदेश अधिवेशन: सभापतिको उम्मेदवार बन्न ९१ हजार शुल्क


    बिहिबार, मंसिर १६ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पोखरा । नेपाली कांग्रेसको प्रदेश अधिवेशन चलिरहेको छ । गण्डकी प्रदेशमा कांग्रेस सभापति पदमा उम्मेदवारी दिँदा ९१ हजार शुल्क बुझाउनुपर्ने छ । 

    उम्मेदवार दस्तुरबारे जानकारी दिन टाँगिएको ब्यानरमा सभापति उम्मेदवारका लागि ९१ हजार शुल्क लाग्ने उल्लेख छ । 

    यस्तै उपसभापतिको उम्मेदवारले ६१ हजार, महामन्त्रीको उम्मेदवार ५१ हजार, सहमहामन्त्रीको उम्मेदवारले ४१ हजार र सदस्यको उम्मेदवारले ३१ हजार रुपैयाँ शुल्क बुझाउनुपर्ने उम्मेदवारी दस्तुरमा उल्लेख गरिएको छ । 

    बिहीबार कांग्रेसको प्रदेश अधिवेशन भइरहेको छ । 

    congress.jpg-1.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार