Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • राप्रपा अध्यक्षमा उम्मेदवारी दिन १ लाख शुल्क, अन्य पदका लागि कति ?


    बिहिबार, मंसिर १६ २०७८
    1.8K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दर्ता शुल्क  १ लाख रुपैयाँ तोकिएको छ ।

    बुधबार सुरु भएको राप्रपा महाधिवेशनमा उपाध्यक्षमा उम्मेदवारी दिन ७५ हजार, महामन्त्रीका लागि ५० हजार र केन्द्रीय सदस्यका लागि १५ हजार रुपैयाँ शुल्क तोकिएको निर्वाचन समितिका संयोजक निरञ्जन थापाले जानकारी दिए ।

    महाधिवेशनबाट अध्यक्ष, १ महिलासहित ४ जना उपाध्यक्ष, १ महिलासहित  ३ जना महामन्त्री र १४१ जना केन्द्रीय सदस्य निर्वाचनबाट चयन हुँदैछन् ।

    निर्वाचन समितिका संयोजक थापाका अनुसार शुक्रबारदेखि मात्र निर्वाचन कार्यक्रम सुरु हुनेछ । बिहीबारसम्म मतदाता नामावली प्रकाशन गर्ने र शुक्रबार निर्वाचन कार्यक्रम सुरु गर्ने समितिको तयारी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार