सप्तरी । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सप्तरी-१ को महाधिवेशन प्रतिनिधि १४ पदमध्ये आठ पदमा बद्रिप्रसाद महत्मान र ६ पदमा ललनप्रसाद गुप्ताकाे टिममा रहेका उम्मेदवार विजयी भएका छन् ।
महाधिवेशन प्रतिनिधि महिला चार र खुला १० गरी १४ सिटमा दुवै प्यानलबाट २८ जनाले उम्मेदवारी दिएका थिए । कूल सात सय १४ मतदातामध्ये ६ सय ९८ मत खसेको छ । अहिलेसम्म गणना भएकाे ६ सय मतकाे परिणामअनुसार चार महिला पदमा बद्रीप्रसाद महत्मान टिमबाट तीन जना विजय भएका छन् भने एक जना गुप्ताको टिमबाट विजय भएका छन् । उक्त टिमबाट निरु पोखरेलले सर्वाधिक तीन सय ६३ मत, मीना चौधरीले तीन सय ४७ मत, रेणु गुप्ताले तीन सय २९ मत ल्याएर विजय भएका हुन् । गुप्ताको टिमबाट मुनीकुमारी गुप्ता तीन सय ४३ मत ल्याएर विजयी भइन् ।
महाधिवेशन प्रतिनिधिको १० खुला पदमध्ये महत्मान टिमबाट पाँच जना विजयी भएका छन् । जसमध्ये सुबोध पोखरेल तीन सय ५९, हेमनारायण चौधरी तीन सय ५९, रामदेव साह तीन सय ५०, उमेश बस्नेत तीन सय ४५, खगेन्द्र कर्ण तीन सय २६ मत ल्याएर विजयी भएका छन् ।
यसैगरी, गुप्ता प्यानलबाट पाँच जना विजयी भएका छन् । गुप्ता प्यानलका तेजनारायण यादव तीन सय ७७, रामकुमार चौधरी तीन सय ५४ र शत्रुघन यादव तीन सय ३७ मत र घनान्द यादबकाे तीन सय २७ मत आएकाे छ ।
समानुपातिक समावेशी महाधिवेशन प्रतिनिधितर्फ मधेशी महिला एक जना, मधेशी दुई जना, दलित महिला एक जना, दलित दुई जना, थारु एक जना, मुस्लिम एक जना, अपाङ्ग अल्पसंख्यक एक जना, आदिवासी जनजाति एक जनासहित ११ जनाको परिणाम आउन बाँकी छ ।
२५ सदस्यीय क्षेत्रीय कार्यसमितिका लागि महत्मान र गुप्ताको दुई प्यानलका ४३ जनाले उम्मेदवारी दर्ता गराएका थिए । २५ सदस्य केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि दुई प्यानलका ५० जनाले उम्मेवारी दर्ता गराएका थिए । क्षेत्रीय सभापतिको लागि बद्रीप्रसाद महत्मान र ललनप्रसाद गुप्ताले मंगलबार उम्मेदवारी दर्ता गराएका हुन् ।
महत्मानको टिमकाे सचिवमा हृदय नारायण चौधरी र ओमप्रकाश साह तथा सह-सचिवमा नन्देश्वर मण्डल र जोगेन्द्र यादव छन् । यसैगरी, ललनप्रसाद गुप्ताको टिमबाट पदाधिकारीमा सचिवतर्फ दुर्गाप्रसाद भट्टराई र नारायणप्रसाद यादव (महरान), तथा सहसचिवमा महानन्द झा र जुगनारायण खिडहरीले उम्मेदवारी दर्ता गराएका थिए ।
कांग्रेस सप्तरीका सभापति दिनेश यादवको प्यानलबाट क्षेत्रीय सभापतिको लागि ललनप्रसाद गुप्ताको उम्मेदवारी दर्ता गराएका छन् भने कोइराला, पौडेल टिमबाट बद्री प्रसाद महत्मानले उम्मेदवारी दिएका हुन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend