पोखरा । गण्डकी प्रदेशमा नेपाली कांग्रेसको पहिलो अधिवेशन आजदेखि सुरु हुँदैछ । केहीबेरमा उद्घाटन कार्यक्रम राखिएको छ ।शुक्रबार मनोनयन तथा शनिबार मतदानको कार्यक्रम छ । मनोनयनको समय नजिकै आउँदासमेत यहाँ उम्मेद्वारहरू टुंगिएको छैन ।
संस्थापन पक्षले सभापतिमा पर्वतका अर्जुनप्रसाद जोशीलाई टिकट दिएको छ । संस्थापनइतर समूहमा पाँच जनाको दाबेदारी छ । कास्कीबाट देवराज चालिसे, शुक्रराज शर्मा, यज्ञबहादुर थापा, नवलपुरका महेन्द्रध्वज जिसी र तनहुँका रघुनाथ पौडेलले उम्मेद्वारी घोषणा गरेका छन् ।
आकांक्षी धेरै भएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइरालालगायतका नेताहरूको पोखरामा निरन्तर बैठक चलिरहेको छ । स्राेतका अनुसार शुक्रराज शर्मा र देवराज चालिसेमध्ये एक जनालाई टिकट दिन लागिएको छ । ‘देवराजको माहोल राम्रो छ । उहाँले टिकट पाउने सम्भावना प्रबल छ,’ एक नेताले भने, ‘अरु तीन जना रिङबाट भइसक्नुभएको छ ।’
सभापतिको टुंगो नलागेका कारण अन्य पदाधिकारीमा पनि अन्योल छ । संस्थापन पक्षले उपसभापतिमा मेखलाल श्रेष्ठ र नेत्र महतलाई उठाउने भएको छ । महामन्त्रीमा ईश्वर पाण्डे र कुमार खड्का तथा सहमहामन्त्रीमा राजनराज पन्त, झुलबहादुर आले र ओमकला चालिसेको नाम चर्चामा छ ।
संस्थापनइतरले भने उपसभापतिमा किरणबाबु श्रेष्ठ र बागलुङका हरिकुमार श्रेष्ठ, महामन्त्रीमा कृष्ण केसी र विष्णु लामिछाने तथा सहमहामन्त्रीमा कल्पना तिवारी र सरिता गुरुङलाई उठाउने देखिएको छ । अर्को सहमहामन्त्रीको उम्मेद्वार अझै खोजी भइरहेको छ । मनाङ, मुस्ताङ, म्याग्दी र लमजुङले कुनै पनि पदाधिकारी नपाउने भएको छ । अरु नाम पनि हेरफेर हुन सक्ने पौडेल समूहका एक नेताले बताए ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend