Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको मूल्य स्थिर, चाँदीको भने घट्यो


    बिहिबार, मंसिर १६ २०७८
    550
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । साताको पाँचौं कारोबार दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेकाे छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँ कायम भएकोमा बिहीबार स्थिर रहेर सोही मूल्य नै काराेबार भइरहेकाे छ । 

    बिहीबार छापावाल सुन प्रति १० ग्राम ७८ हजार चार सय ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७८ हजार १५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ । 

    बिहीबार चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला एक हजार १९० रुपैयाँ कायम भएको छ । बुधबार चाँदी प्रतितोला एक हजार दुई सय रुपैयाँ काय भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार २० रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार