Nepal Face
  • आइतबार, १० साउन २०८३
  • म रकेटको स्पीडमा छु, कर्मचारीहरु थोत्रा ट्वीनटर जस्ता छन्: मन्त्री आले


    बिहिबार, मंसिर १६ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कर्मचारी प्रशासनको सुस्तताको कारण भनेजस्तो काम गर्न नसकेको गुनासो गरेका छन् । 

    बुधबार नेपाल पर्वतारोहण संघले आयोजना गरेको एक कार्यक्रममा पर्यटनमन्त्री आलेले आफ्नो स्पीड रकेटजस्तो र कर्मचारी थोत्रा ट्वीनटरजस्तो हुँदा  भनेजस्तो काम गर्न नसकेको गुनासो गरे। 

    पर्यटन क्षेत्र पनि भ्रष्टाचार र अनियमितताको दलदलमा फस्दै गएको भन्दै पर्यटन प्रवर्द्धन र विकासका लागि राम्रोसँग काम गर्न नसकिएको मन्त्री आलेको भनाइ छ । 

    मन्त्री आलेले प्रभावित मजदूरलाई राहत उपलब्ध गराउन लागिएकोमा उक्त कार्यक्रमको सराहना व्यक्त गर्दै पर्यटन क्षेत्रको विकासमा राज्यको गम्भीर ध्यान गएको बताए । उनले ज्यान दाउमा राखेर हिमाल चढिमुलुक चिनाउने पर्वतारोहीको खुलेर प्रशंसा पनि गरे ।

    उनले कोभिड–१९ का कारण नराम्ररी प्रभावित भएको पर्यटन क्षेत्र विस्तारै उठ्ने प्रयास गरिरहेका बेला नयाँ भेरियन्टको कोरोनाका कारण पुनः प्रभावित हुने होकी भन्ने चिन्ता प्रकट गरे । 

    नयाँ भेरियन्ट देखिएको मुलुकबाट आउने व्यक्तिलाई क्वारेन्टिनमा राख्ने व्यवस्था सरकारले गरेको पनि उनले जानकारी दिए।  

    मन्त्री आलेले पर्यटक र अगन्तुकको सुविधाका लागि विभिन्न सुधारका काम मन्त्रालयले सुरु गरिसकेको र त्यही क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका यात्रुलाई बाहिर आउनका लागि निःशुल्क यातायातको व्यवस्था गरिएको बताए ।

     यस्तै वैदेशिक रोजगारमा जानेका लागि विश्रामस्थलको व्यवस्था गरी सुविधा बढाइएको पनि उनले बताए। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार