Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस कर्णाली: पाैडेल पक्षबाट भूपेन्द्रजंगको उम्मेदरवारी, देउवा समूहबाट को-को छन् आंकाक्षी ?


    बिहिबार, मंसिर १६ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेश सभापतिमा संस्थापनइतर (रामचन्द्र पौडेल) समूहबाट भूपेन्द्रजंग शाही उम्मेदवार हुने भएका छन् । प्रदेश अधिवेशन आजबाट सुरु हुँदैछ । भाेलि मनाेनयन र पर्सी मतदानकाे कार्यतालिका छ ।

    तरुण दलका केन्द्रीय महामन्त्री भइसकेका शाही यसपटक प्रथम प्रदेश अधिवेशनबाट सभापतिमा भिड्न लागेका हुन् ।

    शाहीले कांग्रेस रुपान्तरणका लागि ३० बुँदे प्रस्ताव पेस गरेका छन् ।

    संस्थापन पक्षबाट को-काे आकांक्षी ?

    संस्थापन (शेरबहादुर देउवा) पक्षबाट कर्णाली प्रदेश सभापतिमा तीन जना आकांक्षी छन् । जुम्लाबाट ललितजंग शाही, जाजरकोटबाट राजिवविक्रम शाह र कालिकोटबाट कालीबहादुर सहकारी सभापतिकाे उम्मेदवारका लागि लविङमा छन्  ।

    शाही र शाह तत्कालीन संविधानसभा सदस्य हुन् भने सहकारी कालिकोट जिल्ला पूर्वसभापति हुन् । तीन जनामध्ये टिमभित्रबाट निर्विरोध छनोटका लागि नेताहरुले छलफल जारी राखेका छन् ।

    छलफलबाट कुनै टुंगो नलागेमा कर्णाली प्रदेशका मुख्यमन्त्रीसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य जीवनबहादुर शाहीलाई सभापति उम्मेदवार बनाउने तयारी भएको स्रोतले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार