Nepal Face
  • आइतबार, १० साउन २०८३
  • स्पेनिस ला लिगा: कप्तान बेन्जेमाको गोलमा रियल विजयी 


    बिहिबार, मंसिर १६ २०७८
    1.9K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कप्तान करिम बेन्जेमाको निर्णायक गोलमा स्पेनिस ला लिगामा रियल म्याड्रिडले शीर्ष स्थानमा सात अंकको अग्रता बनाएको छ ।

    बुधबार राति घरेलु मैदानमा रियलले एथ्लेटिको बिल्वावोविरुद्ध १-० अन्तरको जित निकालेको हो । 

    बेन्जेमाले पहिलो हाफको ४०औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । 

    जितसँगै रियलको १५ खेलबाट ३६ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिड र रियल सोसिडाडको समान २९ अंक छ ।

    एट्लेटिकोले एक खेल कम खेलेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार