Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नाइजेरियामा डुंगा दुर्घटना हुँदा २९ बालबालिकाको मृत्यु


    बिहिबार, मंसिर १६ २०७८
    925
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । नाइजेरियामा एउटा डुंगा डुब्दा कम्तिमा २९ बालबालिकाको मृत्यु भएको छ । 

    नाइजेरियाको उत्तरी राज्य कानोमा एउटा धार्मिक कार्यक्रममा सहभागी हुनका लागि यात्रा गर्ने क्रममा दुर्घटनामा परेका हुन् । 

    दुर्घटनमा जीवितै उद्दार गरिएका आठ जनाको उपचार भइरहेको छ । 

    क्षमता भन्दा बढी यात्रुका कारण दुर्घटना भएको अनुमान गरिएको छ । दुर्घटनाग्रत डुंगामा ५० भन्दाबढी यात्रु  थिए । 

    नाइजेरियामा बारम्बार डुंगा दुर्घटना हुने गरेका छन् । दुई साताअघि जीगावा राज्यमा एउटा डुुंगा पल्टँदा कम्तिमा सात महिलाको मृत्यु भएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार