Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विभिन्न देशबाट पक्राउ परेका ६०० ताइवानीलाई चीन पठाइयोः मानवअधिकारवादी समूह


    बिहिबार, मंसिर १६ २०७८
    690
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । विभिन्न देशमा पक्राउ परेका ६०० ताइवानीलाई चीनमा पठाइएको एउटा मानवअधिकारवादी समूहले जनाएको छ ।

    मानवअधिकारवादी समूह सेफगार्ड डिफेन्डर्सले एउटा अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै सो जानाकारी दिएको हो । ताइवानको सार्वभौमसत्तालाई अवमुल्यन गर्न सो कदम चालिएको डिफेन्डर्सले चीनमाथि आरोप लगाएको छ । 

    ताइवानले आफूलाई स्वतन्त्र राष्ट्र मान्दै आएको छ । विभिन्न देशमा पक्राउ पारिएका आफ्ना नागरिकलाई ताइवानमै पठाउनु पर्ने ताइपेयले जनाउँदै आएको छ । तर, बेइजिङले भने ताइवानलाई आफ्नो अभिन्न अंग मान्दै आएको छ । 

    सेफगार्ड डिफेन्डर्सले सन् २०१६ देखि सन् २०१९ सम्म सञ्चारमाध्यममा आएका रिपोर्टहरुका आधारमा सो प्रतिवेदन तयार पारेको हो । 

    चीन पठाइएका ताइवानीको परिवार र वंश नभएको स्पेनमा रहेको सो संस्थाले जनाएको छ । उनीहरुमाथि विभिन्न मुद्दा लगाउन सक्ने पनि डिफेन्डर्सले चिन्ता व्यक्त गरेको छ । चीनले कुनै पनि देशमा पक्राउ परेका ताइवानीलाई आफ्नो देशमा सुपुर्दगी गर्नुपर्ने बताउँदै आएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार