Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपातको सम्भावना


    बिहिबार, मंसिर १६ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । आज बिहीबार बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा बदली रहेको छ ।  

    दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

    दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशका पहाडी भूभागको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ । ती प्रदेशका उच्च पहाडी र हिमाली भूभागका धेरै स्थानमा मध्यमदेखि भारी हिमपात सम्भावना रहेको रहेको महाशाखाले जानकारी दिएको छ ।

    शुक्रबार कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशका पहाडी भूभागको केही स्थानमा हल्कादेखि मध्यम वर्षाको आँकलन गरिएको छ ।

    उच्च पहाडी र हिमाली भूभागमा मध्यमदेखि भारी हिमपातको सम्भावना  छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार