Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जसपाको मधेस प्रदेश अध्यक्षमा यादव


    बुधबार, मंसिर १५ २०७८
    900
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)को मधेस प्रदेश अध्यक्षमा रामबाबु यादवलाई चयन गरेको छ । जसपाले प्रदेश २ लाई मधेस प्रदेशको नामकरण गरेको छ ।

    पार्टीमा एक व्यक्ति एक पदको प्रावधान लागू भएपछि पूर्व मधेस प्रदेश अध्यक्ष तथा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विजय यादवले राजीनामा दिएपछि सिराहा निवासी रामबाबु यादवको नेतृत्वमा बुधवार ११ सदस्य प्रदेश समिति घोषणा गरिएको हो । समितिमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक मुख्यसचिव, तीन सचिव र एक कोषाध्यक्षको नाम घोषणा गरिएको हो ।

    उपाध्यक्ष पदमा रामपृत पासवान, शम्भु झा, शेष नारायण यादव, वृजमोहन तिवारी र राम सेवक यादव छन् भने मुख्य सचिवमा दिनेश कुमार यादव, सचिवमा युसुफ अलि, निरा साह र शैलेश कुमार साह र कोषाध्यक्षमा रेणु यादवलाई चयन गरिएको जसपाका केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा मन्त्री विजयकुमार यादवले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार