Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बाजुरा विमानस्थलमा फरक दृश्य, जब यात्रुले जहाजलाई धकेल्न थाले..


    बुधबार, मंसिर १५ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बाजुरा  । बुधबार बाजुराको कोल्टी विमानस्थलमा यात्रुले जहाजलाई आफैं धकेलेकाे फरक दृश्य देखिएकाे छ ।

    दिउँसो १ बजे हुम्लाबाट नेपालगञ्जका लागि उडेको यती एयरको जहाज बाजुरामा रहेका यात्रु लिन कोल्टी विमानस्थल अवतरण गर्ने क्रममा जहाजको टायर पन्चर भएपछि यात्रुले जहाजलाई  धकेलेर रनवे खाली गराएका हुन् ।

    यती एयरका प्रवक्ता सुदर्शन बर्तौलाले अरू जहाज अवतरण गराउनुपर्ने र त्यसका लागि रेनवेबाट जहाज हटाउन उपकरण नभएका कारण यात्रुले जहाज धकेल्नुपरेको जानकारी दिए ।

    बर्तौलाले पन्चर भएको जहाजको आजै टायर फेरिसकिएको र जहाज यात्रु लिएर दिउँसै नेपालगञ्ज फर्किसकेको जनाए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार