Nepal Face
  • आइतबार, १० साउन २०८३
  • धनुषामा मोटरसाइकल दुर्घटना: १ जनाको मृत्यु


    बुधबार, मंसिर १५ २०७८
    510
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जनकपुरधाम। धनुषामा मोटरसाइकल दुर्घटना परी एक युवकको मृत्यु भएको छ । जनकपुर– ढल्केवर सडकखण्डअन्तर्गत धनुषाको महेन्द्रनगरमा मोटरसाइकल दुर्घटना हुँदा  कमला नगरपालिका–३ लगमाका २३ वर्षीय विजय मोरबैता यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।  

    ज १ प ५२२५ नम्बरको मोटरसाइकलमा काठमाडाैंबाट जनकपुर आउँदै गरेको अवस्थामा तीव्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ । 

    दुर्घटनामा परी गम्भीर घाइते यादवलाई तत्कालै उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार