Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राप्रपा र एमालेलाई एजेण्डाले एक ठाउँमा ल्याउन सक्छ: ईश्वर पोखरेल


    बुधबार, मंसिर १५ २०७८
    1000
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राप्रपा र एमालेलाई एजेण्डाले एकैस्थानमा ल्याउन सक्ने बताएका छन् । 

    काठमाडौंमा बुधबारबाट सुरु भएको राप्रपाको महाधिवेशनलाई सम्बोधन गर्दै उनले राप्रपा र एमालेको सम्बन्धलाई अझै बलियो बनाउनुपर्ने भन्दै एजेण्डा मिल्ने भएकाले एकैस्थानमा ल्याउन सक्ने बताए । 

    सातातिना कुरामा विभाजित हुन नहुने भन्दै उनले सिद्धान्तको ठेलीले जनताको जीवन परिवर्तन गर्न नसक्ने बताए । 

    विगत बिर्सिएर देश र जनताको अवस्था परिवर्तन गर्न राप्रपा र एमाले मिलेर अघि बढ्नुपर्नेमा जोड दिएका उनले देश र जनताको पक्षमा काम गर्नेगरी अघि बढ्ने प्रतिबद्धता जनाए । 

    देशमा अस्थिरता ल्याउनेलाई चिन्नुपर्ने भन्दै उनले एजेण्डा, विचारमा एकता ल्याएर अघि बढ्नुपर्नेमा जोड दिए । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार