काठमाडौं । सरकारले कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को जोखिम बढेको भन्दै अत्यावश्यक काम बाहेक विदेश यात्रा नगर्न आग्रह गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले बुधबार विज्ञप्ति जारी गर्दै अत्यावश्यक काम बाहेक विदेश यात्रा नगर्न आग्रह गरेका हुन् ।
हालसम्म नेपालमा फेला परिनसकेको भन्दै डा. अधिकारीले ओमिक्रोन भेरियन्टको संक्रमणलाई ध्यानमा राख्दै अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न र सावधानी अपनाउन अनुरोध गरेका हुन् ।