Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भीम रावल भन्छन्- पार्टीलाई विधि र पद्धतिमा हिँडाउन अन्तिमसम्म प्रयास गरेँ


    बुधबार, मंसिर १५ २०७८
    795
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका नेता डा. भीमबहादुर रावलले पार्टीलाई विधि पद्धतिमा हिँडाउन आफूले प्रयास गरेको बताएका छन् ।

    दशौं महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओलीसँगको प्रतिस्पर्धामा पराजित रावलले सामाजिक सञ्जाल ट्वीटरमार्फत एमाले पार्टीलाई सिद्धान्त, विधि, पद्धति र राष्ट्रिय हित अनुकूलको बाटोमा हिडाउन मैले अन्तिमसम्म प्रयास गरेको बताए ।

    त्यसका लागि महाधिवेशनमा आवाज उठाउनुका साथै अध्यक्ष पदमा उम्मेदवारी दिएको उनले प्रष्ट पारेका छन् ।

    रावलले आफूलाई साथ, समर्थन, सहयोग, मत र उत्साह दिने सबैलाई धन्यवाद दिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार