Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमाले महाधिवेशनमा चितवन गएका भगलु सदाको मृत्यु, दुवै खुट्टा भाँचिएको अवस्थामा ल्याइयाे शव


    बुधबार, मंसिर १५ २०७८
    530
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सप्तरी । चितवनमा भएको एमाले महाधिवेशनमा सहभागी भएका सप्तरी सुरुंगा नगरपालिका- ३ का ३३ वर्षीय भगलु सदाको मृत्यु भएको छ। गाउँको नेताहरूसँग उनी  चितवन गएका थिए।

    भगलुको शव पाँच दिनपछि मंगलबार बेलुका घर ल्याइएको थियो । उनको दुवै खुट्टा भाँचिएको अवस्थामा छ।

    महाधिवेशनकै दिन गाडीले ठक्कर दिएपछि घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको उनीसँगै गएका एक एमाले नेताले बताए।

    ´दुर्घटनाको बारेमा परिवारलाई कुनै जानकारी नदिई राति नै शव जलाउन खोजेका थिए, तर राष्ट्रिय दलित मुक्ति जागरण अभियानका का सदस्यरूले विराेध गरेपछि राेकियाे,’ उनका छिमेकीले भने ।

    पीडित परिवारले घटनाको सत्यतथ्य छानबिन गरर दोषीलाई कारबाही, क्षतिपूर्तिको व्यवस्था र सहिद घोषणा नभएसम्म शव नजलाउने अडान लिइरहेका छन् ।

    वैदेशिक रोजगारका लागि कतार जान सदाको भिसा आइसकेको थियो । घरमा एक जना मात्र कमाउनेको त्यसरी शंकास्पद मृत्यु भएपछि उनको परिवार बिचल्लीमा परेकाे छ। भगलुका श्रीमती, एक छोरा र दुई छोरी छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार