Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पाँच दिनका नाबालकसहित एक दम्पत्ती मृत फेला


    बुधबार, मंसिर १५ २०७८
    635
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । दोलखामा बुधबार बिहान पाँच दिनका नाबालकसहित एक दम्पत्ती मृत भेटिएका छन् ।

    जिल्ला प्रहरी कार्यालय, दोलखाका प्रमुख भेषराज रिजालका अनुसार मृत्यु हुनेमा गाउँपालिका–२, झुलेका २७ वर्षीय श्याम तामाङ, उनकी श्रीमती २५ वर्षीया अम्बिका तामाङ र ५ दिनका छोरा छन् ।

    उनीहरुको कोठामा कोइला बालेको भेटिएकाले धुँवाले निस्सासिएर घटना भएको हुनसक्ने आशंका गरिएको छ । यद्यपि, पुष्टि भएको छैन । थप अनुसन्धान जारी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार