चितवन । मालपोत कार्यालय चितवन चनौलीका मालपोत अधिकृत मुकुन्द पौडेललाई ५० हजार घुस लिंदालिंदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले नियन्त्रणमा लिएको छ । काममा सहजीकरण गरिदिएबापत घुुस माग गरेको सूचना पाएपछि गएको अख्तियारको टोलीले बुधबार उनलाई नियन्त्रणमा लिएको जनाएको छ ।
त्यसैगरी भरतपुर महानगरपालिका २० नम्बर वडाका अमिन बीरेन्द्रबहादुर कठायतलाई ३ लाख ५० हजारको चेक र १ लाख ५० हजार नगदसहित अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ ।
आफ्नै बाबुको नाममा रहेको शारदानगर चितवनको १ बिघा १८ कट्ठा जग्गा अंशबण्डा गरी पाँच भाग लगाई बाटो कायम गर्नका लागि भरतपुर महानगरपालिका २० नम्बर वडा कार्यालय जाँदा उक्त कार्यालयका अमिन कठायतले ५ लाख घुस मागे । उक्त घुसको रकम र चेक लिंदालिंदै अख्तियारको टोलीले बुधबार उनलाई नियन्त्रणमा लिएको छ ।