Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आज पनि ह्वात्तै घट्यो सुनको मूल्य, यस्तो छ बजार भाउ


    बुधबार, मंसिर १५ २०७८
    825
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । आज साताको चौथो काराेबार दिन (बुधबार) नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९१ हजार नाै सय रुपैयाँ कायम भएकोमा आज चार सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार पाँच सय रुपैयाँ कायम भएको हो ।

    आज छापावाल सुन प्रति १० ग्राम ७८ हजार चार सय ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७८ हजार १५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ । 

    आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ घटेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार दुई सय रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार दुई सय पाँच रुपैयाँ थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार २९ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार