Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ‘देश छान्ने कि गठबन्धन’भन्ने अवस्था आएमा हामी देश छान्छौं: नेता पोखरेल


    बुधबार, मंसिर १५ २०७८
    945
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सिरहा । नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य एवं पूर्वशिक्षामन्त्री गिरिराजमणी पोखरेलले अहिलेको गठबन्धन आगामी चुनावसम्म कायम रहने बताएका छन् ।

    धनगढीमाई नगरपालिकाको प्रथम सम्मेलनलाई सम्बोेधन गर्दै उनले माओवादी विनासर्त गठबन्धनसँग मिलेर चुनावमा जाने बताएका हुन् । 

    ‘अहिलेको गठबन्धनसँग मिलेर हामी चुनावमा पनि जान चाहन्छौँ । तर, कांग्रेसले यथास्थिति एमसीसी पास गराउने प्रस्ताव ल्याइरहेको छ । यतिबेला हामी देश छान्ने कि, गठबन्धन रोज्ने भन्ने अवस्था आयो भने हामी देश छान्छौं,’ उनले भने  ।

    चुनावमा समीकरण गर्ने नाममा कुनै पनि अपारदर्शी, देश र जनतालाई आघात पुग्ने सहमति गर्न नसकिने उनले बताए । 

    पोखरेलले एमालेले अब बामपन्थी पार्टी नरहेको जिकिर गरे । एमालेको अहिलेको नेतृत्व निरंकुशतार्फ अघि बढिरहेको जिकिर गर्दै उनले एमाले नेतृत्व मुलुकलाई कमजोर बनाउने र निरंकुशतातर्फ लैजाने क्रममा रहेको बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार