Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विवाहकाे बाजाले ६३ चल्ला मारिएपछि किसानले दिए आयाेजकविरुद्ध उजुरी


    बुधबार, मंसिर १५ २०७८
    930
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी। भारतमा विवाहकाे परम्परागत बाजाका कारण अ‍ाफ्ना ६३ ओटा कुखुराका चल्ला मारिएकाे एक व्यक्तिले गुनासाे गरेका छन् । सन्दर्भ  यसै साताकाे ‌अ‍ाइतबारकाे पूर्वी उडिसा राज्यमा भएकाे घटना हाे । 

    विवाहमा चर्काे अ‍ावाज बजाउँदा कानकाे जाली फुटेर मध्यरातमा अ‍ाफ्ना चल्लाहरु मरेकाे किसान रन्जित कुमार परिदाले अ‍ाराेप लगाएका छन् । ‘बाजा बजाउने मानिसहरुलाई बाजकाे अ‍ावाज सानाे बनाउन अग्रह गरे, तर उनीहरुले सुनेनन् ।  विवाहमा निकै चर्काे अ‍ावाजमा बाज बजाइएकाे थियाे ।’ उनले भने । अ‍ाफूले सम्झाउदा बेहुलीका साथीहरुले झनै थर्काएकाे उनले गुनासाे गरे । 

    क्षतिपूर्तीकाे माग गर्दै उनले विवाह अ‌ायाेजकविरुद्ध उजुरी गरेका छन् । एक पशु चिकित्सकले ह्दयघात भएर चल्ला मरेकाे बताएका छन् ।

    जीव विज्ञानका प्राध्यापक सूर्यकान्त मिश्रले चर्काे अ‍ावाजले चराचुरुङ्गीमा ह्दयघात हुने बताएका छन् । ‘चर्काे संगीत वा अकस्मातकाे उत्तेजना र चाेटले चराचुरुङ्गीकाे जैविक चक्रमा असर गर्छ, ‘  उनले भने । 

    यसैबीच प्रहरीले दुबै पक्ष मिलेर समस्या समाधान गर्न सम्बन्धित पक्षलाई अनुराेध गरेकाे छ । 

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार