Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • तालिवानले १०० पूर्वसुरक्षाकर्मीकाे हत्या गरे: ह्युमन राइट वाच


    बुधबार, मंसिर १५ २०७८
    520
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी। तालिवानले अगस्टमा सत्ता कब्जा गरेपछि १०० भन्दा बढि पूर्वसुरक्षाकर्मीकाे हत्या गरेकाे मानव अधिकारवादी समूह ह्युमन राईट वाचले जनाएकाे छ ।  तालिवानले पूर्वसरकारका सुरक्षाकर्मीलाई क्षमा दिने बताए पनि स्थानीय कमान्डरले पूर्वप्रहरी र सेनालाई  निशाना बनाएकाे वाचले जनाएकाे हाे।

    वाचले पूर्वसेनामाथि गरिएका याेजनाबद्ध हत्याकाे विराेध गरेकाे छ । पूर्वसुरक्षाकर्मीमाथि कुनै कारबाही नभएकाे हालै तालिवान प्रवक्ताले जनाएका थिए। 

    तालिवानले १५ अगस्टमा पूर्वराष्ट्रपति असरफ गनीकाे सरकार पदच्युत गरेकाे थियाे । तालिवानकाे पुन: उदयपछि अफगानिस्थानमा विगत २० वर्षदेखि रहेकाे अमेरिकी सेनाले काबुल छाेडेकाे थियाे । 

    पूर्वसरकारका सुरक्षाकर्मीलाई अ‌ाममाफी दिइने बताए पनि उनीहरुमाथिकाे शृंखलाबद्ध हमला राेकिएकाे छैन् । तालिवानले ठूलाे संख्यामा प्रहरी र सर्वसाधरणकाे हत्या गरेकाे थियाे । 

    सत्तापलट गर्नुभन्दा १८ महिनाअघि तालिवानले ठूलाे नरसंहार मच्चाएकाे थियाे । उसले न्यायाधीश, पत्रकार र नागरिक अभियन्ताकाे हत्या गरेकाे थियाे। 

    वाचले मंगलबार सार्वजनिक गरेकाे एक प्रतिवेदनअनुसार तालिवानले सत्ता सम्हालेपछि निरन्तर  विराेधीलाई निशाना बनाएकाे उल्लेख छ । वाचका अनुसार तालिवानले गजनी, हेलमन्ड, कुन्दुज र कान्दहरमा १०० जना भन्दा बढीकाे हत्या गरेकाे छ ।  तालिवानले कारबाहीकाे सूची तयार पारेका व्यक्ति अहिले फेला नपरेकाेले उनीहरुकाे पनि हत्या भएकाे हुनसक्ने जनाईएकाे छ । 

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार