Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बार्बेडोस बन्यो विश्वको कान्छो गणतन्त्र


    बुधबार, मंसिर १५ २०७८
    630
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । क्यारेबियन टापु देश बार्बेडोस विश्वको कान्छो गणतन्त्र बनेको छ ।  ब्रिटेनकी महारानी एलिजाबेथलाई आफ्नो राष्ट्रप्रमुखको पदबाट औपचारिक रूपमा हटाउँदै बार्बेडोस विश्वको कान्छो गणतन्त्र देश बनेको हो ।

    राजधानी सहरक ब्रिजटाउनमा आयोजित एक समारोहमा डेम स्यान्ड्रा मेसनलाई बार्बाडोसको राष्ट्रपति पदको सपथ खुवाइएको थियो । बार्बेडोस स्वतन्त्र भएको ५५ औँ वार्षिकीको अवसर पारेर समारोह आयोजना भएको थियो । 

    समारोहमा बेलायतका युवराज चार्ल्स तथा बार्बेडियाकी गायिका रिहानाको उपस्थिति थियो । सो अवसरमा युवराज चार्ल्सले बार्बेडोसले विगतमा दासता भोगेको बताएका थिए ।

    समारोहमा बेलायतकी महारानीले बार्बेडोसलाई पठाएको शुभकामना पढिएको थियो । महारानीले बार्बेडोसको सुख, शान्ति र समृद्धिको कामना गरेकी थिइन् ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार