Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अष्ट्रेलिया र जापानले लगाए अन्तर्राष्ट्रिय विद्यार्थीमाथि प्रतिबन्ध


    बुधबार, मंसिर १५ २०७८
    780
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । अष्ट्रेलिया र जापानले विदेशी विद्यार्थीमाथि प्रतिबन्ध लगाएका छन् ।

    कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरसको जाेखिम बढेकाे भन्दै ती देशले अन्तराष्ट्रिय विद्यार्थीलाइ प्रवेशमा  राेक लगाएका हुन् ।

    साे निर्णयबाट विभिन्न देशका विद्यार्थी प्रभावित हुने भएका छन् ।

    अस्ट्रेलियाले अ‍ाज १ डिसेम्बरदेखि लागू हुने गरी  विदेशी  विद्यार्थीमा प्रतिबन्ध लगाएकाे हाे । याे प्रतिबन्ध दुई सातासम्म लागू हुनेछ । 

    जापान सरकारले सोमबार देखि लागू हुने गरी सबै अन्तराष्ट्रिय विद्यार्थीमाथि प्रतिबन्ध लगाइएकाे जनाएकाे छ ।

    काेभिडकाे नयाँ भेरियन्ट देखिएपछि  यी दुबै देशले अफ्रिकी मुलुकसँगकाे हवाई यात्रामा राेक लगाएका  थिए । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार