Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • २५ किलो चरेससहित महिला पक्राउ


    बुधबार, मंसिर १५ २०७८
    825
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बझाङ । प्रहरीले बझाङको डुग्रीबजारबाट २५ किलो लागुऔषध चरेससहित एक महिलालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा ३४ वर्षीया कल्पना रोकाया रहेकी छिन् । 

    सदरमुकाम चैनपुर नजिकैको डुग्री बजारमा रोकायाको किराना पसलबाट सो परिमाणको चरेस बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    घटनाबारे थप अनुसन्धान थालेको प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार