सुनसरी । नेपाली कांग्रेस सुनसरी उपसभापतिका उमेदवार गफार अन्सारी मिँया र सचिवका उमेदवार रञ्जेश भट्टराईले पुनः मतगणनाकाे माग गर्दै निर्वाचन कार्यालय इनरुवामा निवेदन दिएका छन् ।
जिल्ला उपसभापतिका उम्मेदवार अन्सारी र सचिवका उमेदवार भट्टराईले मतगणनामा धाँधली भएको भन्दै निवेदन दिएका हुन् ।
संस्थापन पक्षबाट उमेदवार रहेका अन्सारीले १ हजार २९७ मत प्राप्त गरेका थिए भने विजयी हुने संस्थापन इतर प्यानलका पङ्कज कुमार महतोले १ हजार ३१३ मत प्राप्त गरेका थिए । १६ मतान्तरले पराजित बनेका अन्सारीले धाँधली रूपमा मतगणना भएको भन्दै पुन गणना गर्न माग गरिएको जानकारी दिए ।
सचिवमा एक मतले पराजित भट्टराईले आफ्नो पक्ष बलियो हुँदाहुँदै पनि लापरबाही तरिकाले मतगणना गरिएको भन्दै निवेदन दिएको बताए । सचिवमा संस्थापन इतर प्यानलका माधवबहादुर घिसिङले १ हजार २२९ मत प्राप्त गरी विजयी भएका थिए । संस्थापन प्यानलका सचिव पदका उम्मेदवार भट्टराईले १ हजार २२८ मत ल्याएर पराजित भएका थिए ।
निर्वाचन कार्यालयमा निवेदन परेपछि जिल्ला निर्वाचन समितिले मतगणना स्थगित गरेको छ । सहायक जिल्ला निर्वाचन अधिकृत वेनु सिग्देलले सहमति नहुन्जेल मतगणना स्थगित गरिएको जानकारी दिए ।
उनले दुई समूहका उमेदवार, जिल्ला नेताको सर्वपक्षीय छलफलबाट निष्कर्ष निकालिने बताए ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend