Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकमा ओलीको सम्बोधन


    बुधबार, मंसिर १५ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन । नेकपा एमालेको १०औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बसेको छ ।

    एमालेको पहिलो बैठक चितवनस्थित सौराहामा बसेको हो ।

    बैठकले कुनै निर्णय नगरे पनि ओलीले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा ओलीले पार्टीलाई निर्वाचन केन्द्रीत बनाएर देशको शक्तिशाली पार्टी बनाउने बताएका छन् ।

    केन्द्रीय कमिटीको अर्को बैठक मंसिर २५ र २६ गते बस्ने पनि उनले जानकारी दिए । सोही बैठकबाट पोलिट ब्यूरो, स्थायी कमिटी निर्माण र जिल्ला तथा प्रदेश कमिटी अधिवेशन कार्यतालिका बन्ने ओलीले बताए ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार