Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • रावललाई लक्षित गर्दै ओलीले भने- अहंकारी र घमन्डी नेता हुँदैन


    मंगलबार, मंसिर १४ २०७८
    820
    Shares
  • १ मिनेट पाठ
  • चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भीम रावललाई लक्षित गर्दै घमन्डी र अहंकारी नेता नहुने बताएका छन् ।

    एमालेको १०औं महाधिवेशनमा अध्यक्षमा विजयी भएका ओलीले शपथग्रहण समारोहमा बोल्दै नेताहरू जनताको सेवक भएको बताए । उनले सबै नेतालाई सभ्य र सरल हुन आग्रह गरेका छन् ।

    ‘जनताको सेवक अत्यन्तै शालीन हुनुपर्छ’, उनले भने । उनले आफ्ना नेता कार्यकर्तालाई अध्ययनशील हुन अनुरोध गर्दै एमालेबाट अरू पार्टीले संस्कार सिक्नुपर्ने बताए । 

    यसका साथै आगामी दिनमा पार्टीलाई थप सशक्त बनाएर लैजाने ओलीले बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार