Nepal Face
  • मंगलबार, २ मंसिर २०८३
  • ‘प्रभु येशुको नाममा हटिजा’ भन्दै धर्म परिवर्तन गराउने पास्टरलाई २ वर्ष कैद


    मंगलबार, मंसिर १४ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । जबर्जस्ती धर्म परिवर्तन गराएको अभियोगमा अदालतले एक जनालाई २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ ।

    डोल्पाका जिल्ला न्यायाधीश केशवराज चपाईंको इजलासले त्रिपुरासुन्दरी नगरपालिका–२ का महिलालाई जबर्जस्ती धर्म परिवर्तन गराएको ठहर गर्दै पास्टर केशवराज आचार्यलाई  २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना गरेको हो ।

    गत वर्ष आचार्यले बिरामी भएका दुई महिलाको उपचार गर्ने भन्दै ‘प्रभु येशुको नाममा हटिजा’ भनेको र ती महिलाहरुको फोटो भिडियो खिचेर प्रचार प्रसार गरेको भन्दै जिल्ला अदालत डोल्पामा मुद्दा परेको थियो ।

    उनलाई मुलुकी फौजदारी संहिताको दफा १५८ को देहाय १, २ र ३ अनुसार अदालतले सजाय सुनाएको हाे ।

    पोखरा चिप्लेढुंगास्थित प्रशस्त कटनी मण्डलका पास्टर आचार्यविरुद्ध जिल्ला अदालत कास्कीमा पनि धर्मपरिवर्तनसम्बन्धी मुद्दा विचाराधीन छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार