Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमाले महाधिवेशन: १७ बुँदे घोषणापत्र जारी


    मंगलबार, मंसिर १४ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन । चितवनको सौराहामा जारी एमालेको १०औं महाधिवेशन १७ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । 

    नवनिर्वाचित उपमहासचिव प्रदीप ज्ञवालीले घोषणापत्र समितिका तर्फवाट तयार भएको घोषणापत्र बाचन गरेर सुनाएका थिए । सो प्रस्तावलाई महाधिवेशन हलले ध्वनि मतले पारित गरेको छ । 

    १० मंसिरबाट सुरु भएको एमाले महाधिवेशन सर्वसम्मत नेतृत्व चयन गर्ने नाममा दुई दिन लम्बियो । 

    घोषणापत्रमा जनादेशसहित पुनः सत्तामा स्थापित हुने उल्लेख छ । न्याय पाउने हकको सम्मान गर्न आह्वान गरिएको घोषणापत्रले दक्षिणपन्थी अवसरवादलाई मुख्य चुनौती भनेको छ । यसलाई परास्त गर्ने प्रतिवद्धता छ । 

    घोषणापत्रमा राजनीतिक स्थायित्वका लागि एमाले एकतावद्ध हुन आह्वान गरेको छ । निर्वाचन आयाेगले अन्तिम मत परिणाम भने सार्वजनिक गरिसकेकाे छैन । 

    मत परिणाम र सपथग्रहण पछि विधिवत समापनकाे घाेषणा गरिने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार