काठमाडाैं । प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारी मासिक पारिश्रमिक (तलब) नपाएपछि डेढ वर्षदेखि आन्दोलित छन् । विद्यालय कर्मचारी र इसीडी शिक्षकको पारिश्रमिक निकासा सम्बन्धि आर्थिक वर्ष २०७८/७९ को बुँदा नं.२१६ मा व्यवस्था भएअनुसार सात हजार रूपैयाँ स्थानीय तहले निकासा दिनुपर्ने स्पष्ट व्यवस्था हुँदाहुँदै हालसम्म निकासा नपाएको हुँदा उनीहरू आन्दोलनमा उत्रिएका हुन् । शिक्षामन्त्रीले भने- पालिकाहरूले इसीडी शिक्षक र विद्यालय कर्मचारीको तलब अनिवार्य दिनुपर्छ तलब नदिने ६१ स्थानीय तहहरुको नामावली यस्तो छ ।
१.गाेरखाकाे सिरानचाेक गाउँपालिका
२.कपिलवस्तुको विजयनगर गाउँपालिका
३.रामेछापको दोरम्बा गाउँपालिका
४.सुनसरीको इनरुवा नगरपालिका
५.डडेल्धुराको गन्याधुरा गाउँपालिका
६.कैलालीको चुरे गाउँपालिका
७.सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका
८.काठमाडौंको शंखरापुर नगरपालिका
९.पर्साको सखुवा प्रसौनी गाउँपालिका
१०. धादिङको ज्वालामुखी गाउँपालिका
११. सिन्धुलीको कमलामाई नगरपालिका
१२.कपिलवस्तुको कृष्णनगर गरपालिका
१३.सल्यानको शारदा नगरपालिका
१४.बाराको सिम्रौनगढ नगरपालिका
१५.भक्तपुरको भक्तपुर नगरपालिका
१६.पाँचथरको कुम्मायक गाउँपालिका
१७.सर्लाहीको बलरा नगरपालिका
१८.लमजुङको मध्यनेपाल नगरपालिका
१९.कञ्चनपुरको लालझाडी गाउँपालिका
२०. नुवाकोटको विदुर नगरपालिका
२१.रौतहटको गुजरा नगरपालिका
२२.रोल्पाको त्रिवेणी गाउँपालिका
२३. डडेल्धुराको नवदुर्गा गाउँपालिका
२४.खोटाङको हलेसी तुवाचुङ नगरपालिका
२५.सल्यानको बनगाड कुपिण्डे नगरपालिका
२६.धनुषाको कमला नगरपालिका
२७.नुवाकोटको शिवपुरी गाउँपालिका
२८.मोरङको विराटनगर महानगरपालिका
२९.पाँचथरको फिदिम नगरपालिका
३०.गोरखाको अजिरकोट गाउँपालिका
३१. सल्यानको छत्रेश्वरी गाउँपालिका
३२. रूकुमपश्चिमको सानीभेरी गाउँपालिका
३३. नुवाकोटको सुर्यगढी गाउँपालिका
३४.महोत्तरीको जलेश्वर नगरपालिका
३५. मोरङको जहदा गाउँपालिका
३६. सिरहाको गोलबजार नगरपालिका
३७ काभ्रेको चौंरीदेउराली गाउँपालिका
३८ मकवानपुरको कैलाश गाउँपालिका
३९. रौतहटको राजदेवी नगरपालिका
४०. सर्लाहीको ब्रह्मापुरी गाउँपालिका
४१. दार्चुलाको महाकाली नगरपालिका
४२. ताप्लेजुङ मिक्वाखोला गाउँपालिका
४३. रसुवाको उत्तरगया गाउँपालिका
४४. पाल्पाको रैनादेवी छहरा गाउँपालिका
४५. रोल्पाको मादी गाउँपालिका
४६. सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका
४७. पाल्पाको माथागढी गाउँपालिका
४८. मकवानपुरको गढी गाउँपालिका
४९. सिन्धुलीको दुधौली नगरपालिका
५०.अर्धाखाँचीको पाणिनी गाउँपालिका
५१. सोलुखुम्बुको लिखु पिके गाउँपालिका
५२. स्याङ्जाको चापाकोट नगरपालिका
५३. जाजरकोटको बारेकोट गाउँपालिका
५४. प्युठानको ऐरावती गाउँपालिका
५५. सिन्धुलीको गोलन्जोर गाउँपालिका
५६. दाङको राजपुर गाउँपालिका
५७. जाजरकोटको जुनीचाँदे गाउँपालिका
५८. सर्लाहीको ईश्वरपुर नगरपालिका
५९. कटारी नगरपालिका उदयपुर
६०. गोरखाको भिमसेनथापा गाउँपालिका
६१. रामेछापको लिखु तामाकोशी गाउपालिका