पोखरा । नेपाली कांग्रेस १४ औं महाधिवेशनअन्तर्गत प्रदेश अधिवेशनको चरणमा पुगेको छ । जिल्लाका नतिजाहरू आएपछि बिहीबारदेखि प्रदेश अधिवेशन सुरू हुँदै छ । गण्डकीको नवलपुरबाहेक सबै जिल्लामा अधिवेशन सकिएको छ ।
गण्डकीका ११ जिल्लामध्ये ७ जिल्लामा सभापति शेरबहादुर देउवानिकट नेताहरू सभापति बनेका छन् भने गोरखामा गगन थापा र बागलुङमा कृष्ण सिटौलानिकटका सभापति निर्वाचित भएका छन् । मुस्ताङमा भने वरिष्ठ नेता रामचन्द्र पौडेल निकटका छन् । नवलपुरमा अधिवेशन सकिएको छैन ।
गोरखामा नन्दप्रसाद न्यौपाने, मनाङमा शंकर गुरुङ, मुस्ताङमा रोमी गौचन थकाली र म्याग्दीमा खमबहादुर गर्वुजा (खम्बिर) निर्विरोध निर्वाचित भए । अन्य जिल्लामा भने निर्वाचनबाट नेतृत्व चयन भएको हो । बागलुङ र कास्कीमा दोश्रो चरणबाट नेतृत्व छानिएको छ भने बाँकी जिल्लामा एकै पटकमा सभापति निर्वाचित भए ।
कास्कीमा किशोरदत्त बराल, तनहुँमा जीतप्रकाश आले, बागलुङमा जीत शेरचन, पर्वतमा युवराज जोशी, लमजुङमा टकराज गुरुङ र स्याङजामा राजु थापा निर्वाचित भए । धेरैले स्याङजाका सभापति थापालाई पौडेल निकट भनेपनि उनी देउवा नजिक छन् । यद्यपी यसपालिको निर्वाचनमा देउवा निकटकै अर्का उम्मेद्वार भागवत प्रकाश मल्ला उनीसँग पराजीत भए ।
जिल्लाको निर्वाचन परिणाम आएपछि गण्डकी प्रदेशको नेतृत्वमा हानथाप सुरू भएको छ । यहाँ केन्द्रको छायाँ पर्ने निश्चित छ । शेरबहादुर देउवा निकटबाट अर्जुन जोशी एक्ला उम्मेद्वार बनेका छन् । उनले उम्मेद्वारी घोषणा गरेर आफ्नो प्यानल तयारी गरिरहेका छन् ।
बरिष्ठ नेता रामचन्द्र पौडेल आफ्नै गृह जिल्ला गुमाएपछि प्रदेशमा पनि कमजोर देखिएका छन् । संस्थापनइतरबाट अहिलेसम्म चार जना आकांक्षी देखिएका छन् । तीन जनाले पत्रकार सम्मेलन गरेर उम्मेद्वारी घोषणा गरे भने अर्का एकजना तयारीमा छन् ।
सुरूमै कास्कीका देवराज चालिसेले दावी पेश गरे । त्यसपछि तनहुँका रघुनाथ पौडेल र कास्कीकै पूराना नेता शुक्रराज शर्माले घोषणा गरे । यज्ञबहादुर थापा सचिवालय खोलेर प्रचार थालिसकेका छन् । देउवा पक्षका जोशीले केही हेभिवेट नेताहरूलाई समेत मन्चमा राखेर आफ्नो उम्मेद्वारी घोषणा गरे ।
उनको घोषणासभामा पूर्व सभामुख तारानाथ रानाभाटदेखि खेमराज पौडेल, मन्त्रीहरू कुमार खड्का, विन्दुकुमार थापा, मेखलाल श्रेष्ठ, कास्की कांग्रेसका सभापति किशोरदत्त बराल र विभिन्न जिल्लाका नेता कार्यकर्ताहरू उपस्थित थिए । रानाभाट पौडेल समूह निकट मानिन्थे । ‘कांग्रेसलाई मजबुत बनाउन जोशीलाई जिताउनुपर्नेछ । उहाँमा कांग्रेस हाँक्ने खुवी छ,’ रानाभाटले घोषणासभालाई सम्बोधन गर्दै भने, ‘यो कुनै गुट होइन । विचार मिल्नेहरूको समूह हो ।’
जोशीले पनि आफू गुटको राजनीति नगर्ने दावी गरेका छन् । ‘शेरबहादुर देउवा ज्यूले कांग्रेसलाई मजवुत बनाउने अभियान थाल्नुभएको छ । देशलाई समृद्ध बनाउने काम सुरू गर्नुभएको छ,’ उनले भने, ‘हामीले उहाँको अभियानलाई सघाउनुपर्छ । तर, म गुटमा विश्वास गर्दिनँ र गुटलाई समर्थन पनि गर्दिनँ ।’ १३ औं महाधिवेशनमा केन्द्रीय सदस्य बन्नकै लागि जोशी पौडेल समूहबाट देउवा क्याम्पमा छिरेका हुन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend