Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गुरूद्वारामा मोडलले कपाल नछोपी फोटोसुट गरेपछि हंगामा


    मंगलबार, मंसिर १४ २०७८
    610
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एन्जेसी । पाकिस्तानको कर्तारपुरस्थित कर्तारपुर साहिब गुरूद्वारामा एक जना मोडलले टाउको नछोपेर तस्बिर खिचेपछि अहिले हंगामा भएको छ।

    भारतीय सञ्चारमाध्यमहरूका अनुसार ब्लगरसमेत रहेकी ती पाकिस्तानी मोडलले गुरूद्वारा परिसरमा जन्नत क्लोदिङका लुगाहरू लगाएर तस्बिर खिचेकी थिइन्।

    लाहोरस्थित फेसन ब्रान्ड मन्नत क्लोदिङले आफूलाई प्राप्त भएको भन्दै ती तस्बिरहरू सामाजिक सञ्जालमा राखेको थियो।

    मोडलले गुरूद्वारामा कपाल फिजाउँदै फोटोसुट गरेका तस्बिरहरू आएपछि भारत र पाकिस्तानका शिख समुदायलाई आक्रोशित बनाएको छ।

    संसारभरिका सबै गुरूद्वारामा सबैले कपाल छोप्नु पर्ने नियम भएकाले कर्तारपुरको गुरूद्वारामा मोडलले कपाल नछोपी फोटोसुट गरेको भन्दै उनीहरूले आपत्ती जनाएका छन्।  

    चौतर्फी दबाब आएपछि पाकिस्तानको पञ्जाब प्रान्तको सरकारले यो घटनाको विस्तृत अनुसन्धान गर्ने बताएको छ। पञ्जाबका मुख्यमन्त्री उसमान बजदारले विस्तृत अनुसन्धान गरी संलग्नलाई कानुनबमोजिम कडा कारबाही गर्न निर्देशन दिएका छन्।

    पञ्जाब प्रहरीले ट्वीटरमार्फत् यस घटनाका विभिन्न आयामहरू गहन अनुसन्धान भइरहेको जानकारी दिएको छ।

    चर्को आलोचना भएपछि जन्नत क्लोदिङले माफी माग्दै त्यो फोटोसुट आफूले नगराएको दाबी गरेको छ। कसैले आफ्नो ब्रान्डका लुगा लगाएर खिचेको तस्बिर पठाएपछि सामाजिक सञ्जालमा राखिदिएको उसको तर्क छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार