काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर आन्दोलित नेपाल बार एशोसिएशन अहिले सुस्ताएको छ ।
अधिकांश अधिवक्ताहरु नियमित बहसमा सहभागी हुन थालेपछि बारकाे आन्दोलन अहिले सुस्ताएको हाे ।
न्यायाधीशहरु पनि यही मंसिर १५ गतेदेखि गोलाप्रथा लागु हुने भएपछि सक्रियताका साथ अहिले इजलासमा फर्किएपछि बारले फेश सेभिङको लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग सम्झौता गर्न लागेको छ ।
बारले भने पछिल्लो समय राजनीतिक दल गुहारे पनि दलहरुले समेत राम्रो रेस्पोन्स नगरेपछि निराश भएका बारका अगुवाहरूले पछिल्लो समय बारले प्रधानन्यायाधीश जबरालाई यो एक महिना विदामा बसिदिन आग्रह गरेका छन् ।
प्रधानन्यायाधीश जबरा विदामा बसे आफूहरु आन्दोलन स्थगित् गरेर नियमित सुनुवाईमा जान तयार रहेको सन्देश बारले पठाईसकेको छ । तर, प्रधानन्यायाधीश जबराले भने आफू कुनैपनि हालतमा विदामा नबस्ने आफ्नो सन्देश पठाईसकेका छन् ।
अदालत कुनैपनि हालतमा बन्धक बनाउन नहुने भनेर चौतर्फी दबाब सिर्जना भैरहेको छ । स्वतन्त्र कानून व्यवसायीहरु जनताको न्याय पाउने अधिकार बञ्चित गरिनुहुँदैन भनेर सडक संघर्षमा उत्रिएका छन् ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend