Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस महाधिवेसनः केन्द्रीय सदस्य पाण्डेले सहमहामन्त्रीमा उम्मेदवारी दिने


    सोमबार, मंसिर १३ २०७८
    830
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सह–महामन्त्रीमा बद्री पाण्डेले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

    काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पाण्डेले कार्यकर्ताको माग बमोजिम सह-महामन्त्रीमा उम्मेदवार घोषणा गरेको बताएका छन ।

    ‘म १२औँ महाधिवेशनमा सेती अञ्चलबाट र १३ औँ महाधिवेशनमा खुल्लातर्फवाट २५ जनाबाट केन्द्रीय सदस्यमा निर्वाचित भईसकेको छु,’ पाण्डेले पत्रकार सम्मेलनमा भने, ‘अहिले पदाधिकारी तहमा जानु पर्छ भन्ने लागेर सहमहामन्त्रीमा उम्मेदवारी दिने सोचेको हुँ ।’ उनका अनुसार कांग्रेस केन्द्रिय समितिमा पदाधिकारीको संख्यासमेत बढेको अवस्थामा पिछडिएको क्षेत्र बाजुराको नागरिक भएको उल्लेख गर्दै पाण्डेले पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीको उम्मेदवारी जानकारी दिएका हुन ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार