Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सर्लाहीकाे काँग्रेस अधिवेशनमा झडप: निर्वाचन अधिकृतसहित ५ जना घाइते


    सोमबार, मंसिर १३ २०७८
    680
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • सर्लाही । सर्लाही जिल्लामा नेपाली काँग्रेसको वडा अधिवेशनमा गोली चलेको एक दिन नबित्दै आज पुनः झडप भएको छ । 

    सर्लाहीको निर्वाचन क्षेत्र ४ स्थित बलरा नगरपालिका वडा नम्बर ८ मा अधिवेशनकै क्रममा भएको विवादले उग्र रूप लिएपछि भएकाे  झडपमा परी मतदान अधिकृत सहित ५ जना घाइते भएका छन् । 

    सर्लाहीका प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाका अनुसार वडा अधिवेशन गराउन पुगेका मतदान अधिकृत उमेशचन्द्र झामाथि आक्रमण भएपछि प्रहरीसँग झडप भएको थियो ।

    वडा अधिवेशनकै क्रममा मतदान अधिकृत झामाथि हातपात हुन थालेपछि प्रहरी बचाउनका लागि प्रयास गर्ने क्रममा प्रहरीसँग झडप भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी खतिवडाले बताए ।

    झडपमा परेर झा सहित ३ जना प्रहरी र एक जना सर्वसाधारण घाइते भएको उनले बताए ।

    निर्वाचन अधिकृतको टाउकोमा चोट लागेको छ भने एक जना प्रहरी निरीक्षकको हात भाँचिएको छ । सोही क्षेत्रका प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंह पक्षधरले मतदान अधिकृतमाथि हातपात गर्नै लाग्दा प्रहरीले उनको सुरक्षाका लागि मलंगवा लैजाने क्रममा प्रहरीसँग झडप भएको काँग्रेस सर्लाहीका सभापति नागेन्द्र रायले बताए ।

    यस अघि सोही क्षेत्रमा आइतबार साँझ वडा अधिवेशनकै क्रममा प्रदेश २ का महिला बालबालिका तथा खेलकुद मन्त्री वीरेन्द्र सिंहका पिएसओले हवाई फायर गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार