Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काँग्रेसले सार्‍याे प्रदेश अधिवेशन, मंसिर १८ र १९ गते हुने


    सोमबार, मंसिर १३ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश अधिवेशन दुई दिन पर धकेलिएको छ ।

    मंसिर १६ र १७ गतेका लागि तय भएको प्रदेश अधिवेशनको मिति दुई दिन पर धकेलिएर मंसिर १८ र १९ गते सरेकाे निर्वाचन समितिले जनाएको छ । 

    प्रदेश महाधिवेशनको नयाँ कार्यतालिका अनुसार अब १७ गते उम्मेदवारी दर्ता हुनेछ भने १८ गते अधिवेशन उद्घाटन हुने निर्वाचन समितिले जनाएको छ ।

    प्रदेश अधिवेशन सुरु हुनु तीन दिनअघि कांग्रेसले अधिवेशनको मिति सारेको हो । मंगलबार बिहान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच छलफल भएको थियो ।

    तीन नेताबीच प्रदेश अधिवेशनको मिति सार्ने सहमति भएको कांग्रेसका एक नेताले जानकारी दिए । प्रदेश अधिवेशन सरे पनि केन्द्रीय महाधिवेशनको मिति भने हेरफेर नभएको निर्वाचन समितिको भनाइ छ ।

    कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ सम्म काठमाडौंमा हुँदैछ । केन्द्रीय कार्यसमितिका लागि मनोनयन दर्ता भने मंसिर २१ गते नै हुने निर्वाचन समितिले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार