Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले महाधिवेशन: गण्डकी प्रदेशका नाै जना निर्विरोध


    सोमबार, मंसिर १३ २०७८
    880
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेको १०औँ महाधिवेशनबाट नयाँ नेतृत्वका लागि गण्डकी प्रदेशबाट सबै नाै केन्द्रीय सदस्यका उम्मेदवार निर्विरोध हुने भएका छन् ।

    केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक सूची अनुसार गण्डकी प्रदेशवाट केन्द्रीय कमिटीमा आउने पुरुषतर्फका ६ र महिलातर्फका तीन गरी नाै कोटामा नाै जनाको मात्रै उम्मेदवारी परेकाले सबै निर्विराेध हुने भएका हुन् ।

    गण्डकीबाट निर्विरोध निर्वाचित हुनेमा इन्द्रलाल सापकोटा, जगत विश्वकर्मा, टुकराज सिग्देल, तिलबहादुर महत क्षेत्री, भूपेन्द्रबहादुर थापा र मायानाथ अधिकारी छन् भने महिलातर्फ नरदेवी पुन मगर, मिनाकुमारी गुरुङ र सीमाकुमारी क्षेत्रीको मात्रै उम्मेदवारी परेकाले उनीहरू पनि निर्विरोध भएका हुन् । यद्यपि, यसको औपचारिक घोषणा भने केन्द्रीय निर्वाचन आयोगले गरिसकेको छैन ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार