Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ‘थारु क्लस्टर’वाट ३ महिला निर्बिरोध निर्वाचित, पुरुषमा प्रतिस्पर्धा हुने


    सोमबार, मंसिर १३ २०७८
    805
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका निवर्तमान अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेकोे नाम प्रति असन्तुष्टी जनाउँदै ‘थारु क्लस्टर’ मा जयप्रकाश चौधरीले उम्मेदवारी दर्ता गरेपछि सो समुहमा निर्वाचन हुने सम्भावना देखिएको छ ।

    सो समुहमा प्र्रस्तावित मध्ये कुनै पनि थारु समुदायका उम्मेदवारले आफनो उम्मेदवारी समयसिमा भित्र फिर्ता नलिएको खण्डमा ‘थारु क्लस्टर’ मा आन्तरिक प्रतिस्पर्धा हुने लगभग देखिएको हो । 

    ३ सय १ केन्द्रिय कमिटीमा थारु क्लस्टरवाट ५ जना पुरुष र ३ जना महिलासमेत गरी ८ जना केन्द्रिय कमिटीमा अटाउने छन तर पुरुष ‘क्लस्टर’ ५ पदका लागि ६ जनाको उम्मेदवारी परेको छ । ओलीले प्रस्ताव गरेका बैजानाथ चौधरी, कृपाराम राना, गौरीशंकर थारु, नरुलाल चौधरी, बलबिरप्रसाद चौधरी तथा नयाँ उम्मेदवार जयप्रकाश थारु बिच प्रतिस्पर्धा हुनेछ ।

    तर, महिला भने अन्य कसैको उम्मेदवारी नपरेकाले गंगा चौधरी सत्गौबा, सरस्वती चौधरी, मञ्जुकुमारी चौधरी निर्बिरोध निर्वाचित हुने भएका छन् । यद्धपी, निर्वाचन केन्द्रिय समितिले औपचारिक घोषणा भने गरिसकेको छैन । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार