Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले महाधिवेशनः आचारसंहिताविपरीत उम्मेदवारको भड्किलो प्रचार


    सोमबार, मंसिर १३ २०७८
    785
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • चितवन । एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएकाहरूले निर्वाचन आचारसंहिताविपरीत भड्किलो प्रचार गरका छन् । 

    एमाले केन्द्रीय निर्वाचन समितिले जारी गरेको आचारसंहितामा केन्द्रीय कमिटीका उम्मेदवारले भिजिटिङ कार्डभन्दा ठूलो साइजका प्रचार सामग्री बनाएर प्रचार गर्न नपाइने उल्लेख गरेको छ । 

    तर अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका भीम रावलसहितका अधिकांश उम्मेदवारले ठूलो साइजका पर्चा, अपिल र पुस्तिका नै बनाएर महाधिवशेन प्रतिनधिहरूलाई वितरण गरेका छन् । 

    अध्यक्षका उम्मेदवार केपी ओलीको पक्षमा बन्दसत्र हल परिसरमै आचारसंहिताविपरीतका चर्का र भद्दा नाराबाजी भइरहेका छन् । 

    निर्वाचन समितिका संयोजक विजय सुब्बाले कतिपय उम्मेदवारले आचारसंहिताको उल्लंघन गर्दै भड्किलो प्रचार गरेको भन्दै रोक्न आग्रह गरेका छन् । 

    एमालको निर्वाचन समितिले गत ९ मंसिरमै १०औं महाधिवेशनका लागि निर्वाचनसम्बन्धी आठ बुँदे आचारसंहिता जारी गरेको थियो । 
    आचारसंहितामा उल्लंघनकर्ता उम्मेदवारी गर्नेसम्मको व्यवस्था छ । तर समितिले भने अहिलेसम्म भड्किलो प्रचारबापत कारबाही गर्न सकेको छैन । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार