सुर्खेत । चितवनमा जारी एमालेको १०औँ महाधिवेशनमा अध्यक्ष मण्डलले तयार पारेको सूचीमा कर्णालीबाट केन्द्रीय कमिटीमा २१ जना परे पनि पदाधिकारीमा भने कोही पनि परेका छैन् ।
यसअघि कर्णालीबाट केन्द्रीय सदस्यमा प्रतिनिधित्व गर्ने नेताहरूले यामलाल कँडेललाई केन्द्रीय पदाधिकारी बनाउन माग गर्दै आएका थिए । तर, अध्यक्ष मण्डलले सार्वजनिक गरेको सूचीमा कर्णालीबाट कसैको नाम पनि परेन् ।
पदाधिकारीमा एक जना पनि प्रतिनिधित्व नगराएकोमा एक केन्द्रीय सदस्यले असन्तुष्टि जनाए । ‘केन्द्रीय सदस्यमा कर्णालीबाट न्युन प्रतिनिधित्व भएको छ ।’ उनले भने, ‘पदाधिकारीमा कर्णालीबाट शून्य राखिएकोमा हाम्रो असहमति जारी छ ।’ यद्यपि, कर्णालीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूले अहिले पनि पदाधिकारीको माग गरिरहेको ती केन्द्रीय सदस्यले बताए । पदाधिकारीमा नराखिएको असन्तुष्टि जनाए पनि निर्वाचनमा भने कसैले पनि उम्मेदवारी दर्ता गरेका छैनन् ।
कर्णालीबाट यामलाल कँडेल (सुर्खेत), गोरखबहादुर बोगटी (हुम्ला), धर्मराज रेग्मी (दैलेख), निरज आचार्य (जाजरकोट), गुलाबजंग शाह (सल्यान), विष्णु रिजाल (दैलेख), नेशनल शाही नगेन्द्र (कालिकोट), दल रावल (हुम्ला), दीपा शर्मा रुपाखेती (सुर्खेत), सीपी घर्तीमगर (रुकुमपश्चिम), मोहन बानियाँ (मुगु), मिना रखाल (दैलेख), तीर्था गौतम (सुर्खेत), दक्षिणा शाही (कालीकोट), मोहनमाया ढकाल (सुर्खेत), राजबहादुर बुढा (दैलेख), नवराज रावत (सुर्खेत), डम्बरबहादुर सिंह, सूर्यकुमारी श्रेष्ठ, भैरवसुन्दर श्रेष्ठ र लक्ष्मी पोखरेल केन्द्रीय सदस्यमा चयन भएका छ ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताएका छन्...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend