Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रौतहटमा तीन बिगाहा खेतको धानमा आगलागी


    सोमबार, मंसिर १३ २०७८
    620
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकामातीन बिगाहा खेतको फलेको धानमा आगलागी भएको छ ।

    देवाही गोनाही–७ प्रेमपुर गोनाहीका बुधाई राय यादवको दाँई हाल्न खलिहानमा राखिएको धानको भारीमा आगलागी भएको हो ।

    आगलागी बाट खलिहानमा राखिएको ६४० वटा धानको भारी बोझा पूर्णरुपमा जलेर नष्ट भएको पीडित परिवारले जनाएको छ । बुधाई यादवले लगाएको  तीन बिगहा धानको भारी जल्दा कम्तिमा २ लाख ५० हजार भन्दा बढीको क्षति भएको स्थानीय अर्जुन यादवले जानकारी दिए ।  

    ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीले प्रहरी र गाउँले मिलेर दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएको बताएका छन् ।

    धानको भारीको चारैतिर बाट एकैचोटि आगलागी भएको देखिएकाले कसैले आगो लगाएको हुनसक्ने आशंका व्यक्त गर्दै घटनाको अनुसन्धान भैरहेको डिएसपी भण्डारीले जानकारी दिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार