Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • काँग्रेस धादिङ सभापतिमा रामनाथ अधिकारी निर्वाचित


    सोमबार, मंसिर १३ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • धादिङ । नेपाली काँग्रेस धादिङको सभापतिमा रामनाथ अधिकारी निर्वाचित भएका छन् । सोमबार बिहान आएको मतपरिणामअनुसार अधिकारी एक हजार ८२ मत ल्याएर सभापति निर्वाचित भएका हुन्। अधिकारीका निकटतम प्रतिद्धन्द्धी भीम ढुंगानाले एक हजार ४६ मत ल्याएका थिए ।

    अधिकारी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन् भने ढुंगानालाई सभापति शेरबहादुर देउवा पक्षको समर्थन थियो।  यस्तै उपसभापतिमा गेहेन्द्र मल्ल १०६८  र दलबहादुर अधिकारी १००६ मत ल्याएर विजयी भएका हुन् ।

    सचिवमा रामकृष्ण पाण्डे १०१२  र विकास श्रेष्ठ ११२१ मत प्राप्त गरी निर्वाचित भए । सहसचिवमा नबराज तिमल्सिना १०९१ मत ल्याएर विजयी हुँदा क्रान्ति डल्लाकोटी र बिजय पाख्रीनले बराबरी मत ल्याएका छन् । उनीहरु दुवै जनाले ९९५ मत ल्याएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार