Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओलीलाई संकटमा साथ दिने रमेश पौडेल र ऐन महर केन्द्रीय कमिटीमै परेनन्


    सोमबार, मंसिर १३ २०७८
    2.6K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेको दसौं महाधिवेशनको तेस्रो दिन आइतबार राति रातभर बन्दसत्रमा नेतृत्व चयनका बारेमा छलफलपछि अध्यक्ष केपी शर्मा ओललिे घोषणा गरेको ३०१ सदस्यीय केन्द्रीय कमिटीमा उनकै निकट ऐन महर, रमेश पौडेल, महेश बर्तौला, रश्मी आचार्यलगायत थुप्रै नाम परेनन् । अनेरास्ववियुको अध्यक्षका रुपमा ओलीलाई संकटमा साथ दिएका महर र पौडेललाई ओलीले किन समेटेनन् त ?

    एमाले–माओवादी एकतापछि गठन भएको नेकपामा ओलीलाई घेराबन्दी गर्दा खुलेर साथ दिएका अनेरास्ववियुका महर र युवासंघका पौडेललाई केन्द्रीय कमिटीमा उनले महेश बस्नेतको सल्लाहमा नराखेको चर्चा छ । कोरानाकालमा समेत ‘ओली बा आइ लभ यू’ भनेर सडकमा विद्यार्थी उतारेका महरलाई केन्द्रीय कमिटीमा नराखी अनेरास्ववियुको उनीपछिकी हालकी अध्यक्ष बराललाई राखिएको छ । जबकि बराल अध्यक्ष भएपछि अनेरास्ववियुबाट बिदा भएका रश्मी आचार्य, महेश बर्तौला र शैलेश लामाहरु पनि पर्न सकेनन् ।

    रमेश पौडेललाई महेश बस्नेतहरु कुनै हालतमा पनि केन्द्रीय कमिटीमा नल्याउन लागेका थिए । बस्नेतको सल्लाहमै ओलीले पौडेललाई केन्द्रीय कमिटीमा राखेनन् । जबकि किरण पौडेललाई केन्द्रीय सदस्य बनाइएको छ । पौडेल युवासंघका अध्यक्ष हुन् ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार