Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओलीको सर्वसम्मत अध्यक्ष हुने चाहनामा रावलले दिंदैछन् चुनौती 


    सोमबार, मंसिर १३ २०७८
    1.5K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • चितवन । नेकपा एमालेको जारी दसौं महाधिवेशनको बन्दसत्र आइतबार रातभर चले पनि सर्वसम्मत नेतृत्व चयन हुन सकेन । एमाले अध्यक्ष केपी शर्मा ओलीले १९ पदाधिकारी र ३०१ सदस्यीय केन्द्रीय समितिको नाम प्रस्ताव गरेका छन् । तर भीम रावलले अध्यक्षमा उम्मेदवारी दिने नै भएका छन् । अब नेकपा एमालेको अध्यक्षका लागि केपी शर्मा ओली र भीम रावलबीच निर्वाचन हुने नै भएको छ ।

    रावललाई उम्मेदवारी नदिनका लागि दबाब दिन ओलीले बन्दसत्र स्थलबाहिर नाराबाजी गर्न लगाए । युवासंघ र अखिलका कार्यकर्ताहरुलाई रावलबिरुद्ध अभद्र नारा समेत लगाइए । हलाहल बिष पिएर पार्टी एकता गरेका रावललाई नेकपा समाजवादीका अध्यक्ष माधव नेपालसँग जोडेर गालीगलौज गरी अध्यक्षमा उम्मेदवारी नदिनका लागि दबाब दिने काम ओलीले गरे । रावलको पर्चा बाँड्नेलाई धम्की समेत दिइयो । तर पनि रावलले अध्यक्षमा उम्मेदवारी दिने भएका छन् ।

    महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक भएसँगै रावलले अध्यक्ष र घनश्याम भूसालले उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन् । केन्द्रीय सदस्यमा ओलीले प्रस्ताव गरेको सूचीलाई मानेर जान आग्रह गर्दै निर्वाचन हुँदा समय लाग्ने र समस्या हुने उनले बताएका छन् । निर्वाचन भए पनि ओलीको सूचीमै रहेकाहरु जित्ने निश्चित भएकाले निर्वाचनमा प्रतिस्पर्धा हुने संभावना कम छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार