चितवन । नेकपा एमालेको दशौं महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले १९ पदाधिकारी र ३०१ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेका छन् । रातभर चलेको एमालेको बन्दसत्रमा ओलीले पदाधिकारीको टिम ३ बजे सार्वजनिक गरेका थिए । यद्यपि उनको सर्वसम्मत नेतृत्व चयन गर्ने योजनामा भीम रावल र घनश्याम भूसालले चुनौती दिएपछि निर्वाचन हुने नै भएको छ ।
राति ३ बजे ओलीले ३०१ जना केन्द्रीय सदस्य प्रस्ताव गरेका थिए । नामावली पढेर सुनाएपछि उनले अध्यक्ष मण्डलका भीम रावललाई मनाउने प्रयास गरेका थिए । एकताका निम्ति धेरै प्रयास गरेको दाबी गर्दै ओलीले रावलतर्फ संकेत गर्दै भनेका थिए–‘सिंगै हलले भनेको भन्दा बाहिर नजान आग्रह गर्दछु ।’
ओलीको आग्रहमा रावल सहमत भएनन् । उनले अध्यक्षमा उम्मेदवार हुने स्पष्ट पारेपछि हलमा होहल्ला भएको थियो । ओलीले रावललाई उठ्न दिनुपर्ने धारणा राखेपछि हल शान्त भएको थियो । त्यसपछि ओलीले आफ्नोतर्फबाट नाम प्रस्ताव गरेका थिए । जुन नाम यसप्रकार छ ।
ओलीले घोषणा गरेका पदाधिकारी
उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा बादल, विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङ छन् । सुरुमा नेम्वाङको नाम छुटाए पनि अन्तिममा राखेका थिए ।
त्यसैगरी महासचिवमा शंकर पोखरेल, उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमालको नाम प्रस्ताव गरेका छन् ।
ओलीले अघि सारेका सात सचिवमा टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पदमा अर्याल छन् । नाम बाचनलगत्तै ओलीले बन्दसत्रको यो सेसन अन्त्य भएको घोषणा गरेका थिए ।




काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend